Logo
Logo
उपनिर्वाचन

कीर्तिपुरका दुई उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण


24.1k
Shares

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दुई जनालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगले माओवादी केन्द्रका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीरण सोधेको छ । निर्वाचन आयोगले प्रचार प्रसारको क्रममा अनुगमन गर्दा आचार संहिता विपरित कार्य गरेकाले स्पष्टीकरण सोधेको हो ।

‘अनुगमन टोली आउँदा आचारसंहिता विपरित गतिवधि देखिएको हुँदा स्पष्टीकरण सोधिएको हो,’ स्रोतले भन्यो । कीर्तिपुरमा दल र स्वतन्त्र गरी २० जनाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । आइतबार कीर्तिपुरमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्