Logo
Logo

एकैपटक दुई सचिवसहित तीन सयभन्दा बढी अधिकृतको सरुवा


1.3k
Shares

काठमाडौँ । न्याय सेवा आयोगले दुई सचिवसहित तीन सयभन्दा बढी अधिकृतको सरुवा सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा शुक्रवार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो । सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ नेपाल कानुन आयोगमा सरुवाका लागि सिफारिस भएका छन् ।

त्यस्तै, आयोगले कानुन आयोगका सचिव पाराश्वर ढुङ्गानालाई कानुन आयोगबाट सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्