Logo
Logo

राष्ट्रियसभाका उपाध्यक्ष क्वालालम्पुर प्रस्थान


630
Shares

काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे मलेसियाको क्वालालम्पुर प्रस्थान गरेकी छन् । मलेसिया सरकारको निमन्त्रणामा संसदीय अध्ययन तथा अवलोकन भ्रमणका लागि १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

प्रतिनिधिमण्डलमा मधेश, बागमती र कोशी प्रदेशका सभामुख क्रमशः रामचन्द्र मण्डल, भुवनकुमार पाठक र अम्बरबहादुर विष्ट छन्। त्यस्तै लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाण केसी, गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापा, सुदूरपश्चिम प्रदेशका उपसभामुख कोइलीदेवी चौधरी र कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने पनि उक्त अध्ययन भ्रमण टोलीमा सहभागी छन् ।

नेपाली प्रतिनिधिमण्डलले मलेसियाका सभामुख र उपसभामुखका साथै सेलागोर प्रान्तीय संसद्का सभामुख र उपसभामुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ । भ्रमण सकेर नेपाली संसदीय टोली यही मङ्सिर २१ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्