
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदका उम्मेदवार माओवादी केन्द्रका प्रा.डा.शिवशरण महर्जनले मतदान गरेका छन् ।
कीर्तिपुर नगरपालिका– १० नम्बर वडास्थित जगत महापाल मतदान केन्द्रमा पुगेर उनले मत खसालेका हुन् । कीर्तिपुर नगरपालिकाको मेयर तथा वडा नम्बर १ र ४ को अध्यक्ष चुन्न अहिले मतदान भइरहेको छ ।
मत खसालेपछि उनले ढुक्क भएर मतदान गर्न मतदातालाई अनुरोध गरे । आज बिहान ७ बजेदखि सुरु भएको मतदान साँझ पाँच बजेसम्म हुने छ ।














