Logo
Logo

रुकुमपूर्वको पुथा उत्तरगंगामा मतदान जारी


126
Shares

रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि मतदान जारी छ । निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार २२ वटै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

गत भदौ २८ गते काठमाडौंदेखि गृह जिल्ला रुकुमपूर्व फर्किंदै गर्दा बाङ्गलुङमा गाडी दुर्घटना हुँदा उपाध्यक्ष भूपेन्द्रा बुढा, उनकी आमा गोपीमाया र वडा नम्बर २ का अध्यक्ष जसबहादुर शेर्पालीको निधन भएको थियो । त्यसैले यहाँ उपनिर्वाचन भएको हो ।

२ नम्बर वडाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध भइसकेकाले उपाध्यक्ष पदका लागि मात्रै मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्