Logo
Logo

महाबु गाउँपालिका अध्यक्षका उम्मेदवार रास्वपाका बुढाले गरे मतदान


378
Shares

काठमाडौं । दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाशकुमार बुढाले मतदान गरेका छन् ।

उम्मेदवार बुढाले महाबु गाउँपालिका–३ साविक बासी गाउँ विकास समितिमा रहेको मतदान केन्द्रमा मत खसालेका हुन् ।

महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि विभिन्न दलबाट ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । २०७९ माघ २७ गते महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमण गुरूङको निधन भएपछि उक्त रिक्त पदमा आज मतदान भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्