Logo
Logo

गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सईको मृत्यु


630
Shares

काठमाडौं । गाडीको ठक्करबाट ड्युटीमा खटिएका एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

सिरहाको बरियारपट्टी गाउँपालिका–१ स्थित कचनारी बोर्डरको छेउमा नम्बर नखुलेको गाडीले आइतबार बिहान‍ करिब ३ बजे ठक्कर दिँदा ससस्त्र प्रहरीका सई लक्ष्मण प्रसाद यादवको मृत्यु भएको हो । उनी बीओपी बरहरीमा कार्यरत थिए ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासमानले जानकारी दिए ।

ठक्कर दिएको गाडीसहित चालक फरार छन् । उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्