Logo
Logo

कञ्चनपुरमा श्रीमानले गरे श्रीमतीको हत्या


378
Shares

काठमाडौं । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको भीमदत्त नगरपालिका– ८ तिलाचौरका ४८ वर्षीय नरेन्द्रसिंह बिष्टले ३० वर्षीया श्रीमती ज्योतिको हत्या गरेका हुन् ।

गएराति करिब ८ बजेतिर नरेन्द्रसिंहले घाँटीमा हँसिया प्रहार गरेर ज्योतिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

पहिलो श्रीमतीको मृत्युपछि नरेन्द्रले ज्योतिलाई दोस्रो श्रीमतीको रुपमा भित्र्याएका थिए । केही वर्ष पहिले उनीहरुको विवाह भएको प्रहरीले जनाएको छ । यसअघि पनि उनीहरुबिच विवाद र झगडा हुने गरेको थियो ।

घटनालगत्तै श्रीमानलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । श्रीमतीको हत्या आरोपमा पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्