Logo
Logo

नेपाल नेत्रहिन विश्वकपको फाइनल पुग्न सकेन


252
Shares

काठमाडौं । नेपाल पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्व कपको‌ फाइनल पुग्न असफल भएको छ ।

नेत्रहिन विश्व कपको १२ वर्षे यात्राम पहिलो पटक सेमिफाइनल पुगेको नेपाल फाइनल पुग्न भने सकेन । आइतवार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली पाकिस्तानसँग १० विकेटको फराकिलोपछि नेपालको यात्रा सेमिफाइनलमा सकिएको हो ।

नेपाली टोलीले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । ६ देश सहभागी विश्वकपको लिग चरणबाट चौथो स्थानमा रहँदै नेपालले सेमिफाइनलमा पुगेको थियो ।

लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग १० विकेटले नै पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्