Logo
Logo

एसियाली विकास बैंकबाट ११० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय


4.9k
Shares

काठमाडौं । सरकारले नवीनतम सिँचाइ आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण र अनुदान सहायता स्वीकार गर्ने भएको छ ।  

आइतबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङले नवीनतम सिँचाइ आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १ सय १० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जनकारी दिए ।

त्यस्तै बैठकले चालू आर्थिक वर्षका लागि उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्यप्रति क्विन्टल रु ५ सय ८५ रुपैयाँ काम गर्ने निर्णय गरेको छ भने उखु किसानलाई प्रतिक्विन्टल रु ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने एक सम्मेलनमा सहभागी हुन उद्योग मन्त्रीलाई स्वीकृति दिएको प्रवक्ता गुरुङले बताए ।  

त्यस्तै मन्त्रीपरिषद्ले सोमबारबाट प्रधानमन्त्री केपी ओलीबाट हुने चीन भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डल गठन तथा भ्रमणलाई स्वीकृत गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्