काठमाडौं । झापाको कन्काई नगरपालिका-६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।

चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका ओली ४ सय ९३ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तुलाराम बस्नेतले ३ सय ५६ मत प्राप्त गरेका छन् ।
कांग्रेसका रामगोपाल ओलीले ३ सय १७ र माओवादी केन्द्रका गणेशबहादुर थापाले २ सय ७७ मत पाएका छन् ।














