काठमाडौं । दैलेखको दुल्लु नगरपालिका-१३ मा नेकपा एमालेका उम्मेदवार लाल बहादुर शाही विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवारलाई ३ मतले हराउँदै एमालेका उम्मेदवार शाही निर्वाचित भएका हुन् । शाहीले ५ सय ७४ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत मात्र पाए ।
त्यस्तै, माओवादी केन्द्रका ढकेन्द्र बहादुर शाहीले २७८ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रामबहादुर शाहीले ५३ मत पाए ।














