
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले जित हात पारेको छ । यसअघि २०७९ को निर्वाचनमा कांग्रेसले जितेको उक्त स्थानमा यसपटक माओवादीका नारायण माझी निर्वाचित भएका हुन् ।
उनी ६ हजार ९ सय ६९ मतसहित निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मात्रै मत ल्याए । नेकपा (एमाले) का उम्मेदवार तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याए ।














