काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक चीन भ्रमणमा प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली चीन चीन उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको छ ।

प्रधानमन्त्री ओली अहिले ११ बजे हिमालय एयरलाइन्सको जहाजमार्फत चीन प्रस्थान गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार प्रधानमन्त्री चढेको जहाज उड्नुअघि र पछि गरेर विमानस्थलबाट आधा घण्टासम्म अन्य उडान गरिएको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार १०ः३५ मा बन्द गरिएको विमानस्थल ११ः०५ मा खुल्नेछ ।
विमानस्थल बन्द गरेका कारण नेपालगन्जबाट काठमाडौँ आउन लागेको श्री एयरलाइन्सको जहाज हेटौँडामाथिको आकाशमा फन्को लाइरहेको छ ।














