Logo
Logo

रविलाई बयानका लागि आज चितवन लगिँदै


441
Shares

काठमाडौं । सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमारहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लैजाने तयारी छ ।

तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रहेका बेला साहरा चितवन सहकारीको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि उनलाई काठमाडौँबाट सिधै चितवन लैजान लागिएको हो ।

लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा शुक्रबारदेखि थालिएको हिजो बयान सकिएको थियो । लामिछानेलाई आजै बिहानको उडानबाट चितवन ल्याउन लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्