Logo
Logo

टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि तुलसीपुर-घोराही सडक अवरूद्ध


630
Shares

काठमाडौं । रोमबार राति टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि पीडित परिवारले तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध गरेका छन् ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१९ कुटीचौरका १९ वर्षीय सुदिप बुढाथोकीको मृत्यु भएपछि उनका आफन्तले मंगलबार बिहान ८ बजेदेखि घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा चालकलाई कारबाही र राहत माग गर्दै सडक अवरूद्ध गरेका हुन् ।

मोटरसाइकलको पछाडि बस्ने तुलसीपुर–१७ का २२ वर्षीय दिपक बस्नेतको भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा रा १ ख १२९१ नम्बरको टिपरले रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिए ।

टिपर चालक घोराही–११ का ४० वर्षीय जितबहादुर चौधरी प्रहरी नियन्त्रणमा छन् । अवरूद्ध सडक सञ्चालनमा ल्याउन छलफल भइरहेको डिएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्