Logo
Logo
नेपाल प्रिमियर लिग

सुदूरपश्चिमले सानदार सुरूवात गर्दा विराटनगरको लगातार दोस्रो हार


567
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट सुरुआत गरेको छ । आज भएको खेलमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै सुदूरपश्चिमले एनपीएलमा सानदार सुरुआत गरेको हो ।

सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्स ९२ रनमै अलआउट भयो । विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५ र क्रिस सोलेले १० रन बनाए । अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यो विराटनगरको लगातार दोस्रो हार हो । यसअघि जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो । आक्रामक ब्याटिङ गरेको सुदूरपश्चिमले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दा विराटनगर निरिह बन्यो ।

विराटनगरविरुद्ध फराकिलो जीत निकाल्ने क्रममा अविनाश बोहोरा र स्कटले तीन/तीन विकेट लिए । ब्रान्डन, इशान पाण्डे र सैफ जैबले एक/एक विकेट लिए । कप्तान दीपेन्द्रसिह ऐरीले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै सानदार फिनिसिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्