काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ खेलाएको अरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले कीर्तिपुरस्थित त्रिवि खेल मैदानबाटै चार जनालाई पक्राउ गरेको हो ।
सोमबार दुई र आज (मंगलबार) दुई जनालाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।उनका अनुसार पक्राउ पर्नेमा दुई भारतीय नागरिक छन् ।
उनीहरूविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएको छ ।