
काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रोकेको छ । गएको कात्तिक २७ गतेदेखि उडान गरिरहेको कतार एयरवेजले मंसिर १५ देखि भैरहवा उडान रोकेको हो ।
भैरहवा विमानस्थलको उडान अनुमति नवीकरण नगरेका कारण कतार यएरवेजले उडान रोकेको हो । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले कतार एयरवेजले भैरहवाबाट पुनः उडान अनुमति नलिएको जानकारी दिए । कतार एयरवेजले काठमाडौंबाट भने दुई उडान गरिरहेको छ ।














