Logo
Logo

एनपीएलः चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य


252
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १ सय ६२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ६१ रन जोड्यो ।

चितवनका बोपाराले ५१ रन बनाए । बोपाराले ३८ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । योसँगै बोपारा एनपीएलमा अर्धशतक प्रहार गर्ने पाँचौँ ब्याटर बने ।

कप्तान कुशल मल्लले २३ बलमा एक चौका र चार छक्कासहित ३८ रन बनाए । यसबाहेक, लुक बेन्केन्स्टाइनले १६ रन बनाएका थिए । ओपनर हसन आइसाखिलले १० बलमा एक चौका र एक छक्कासहित १४ रन बनाए ।

त्यस्तै सन्तोष खत्रीले १३ बलमा ११ रन बताए । दीपक बोहराले दुई रन थप्दा सोहेल तान्विर भने ‘गोल्डेन डक’ भए ।

पोखराका विपीन, बास डे लिडे र रेमन रेफरले समान दुई विकेट लिए । सागर ढकालको नाममा एक विकेट रह्यो ।

प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । पोखराको भने प्रतियोगिताको पहिलो खेल हो ।

प्रतिक्रिया दिनुहोस्