Logo
Logo

श्रीमती कुटेको आरोपमा उपप्राध्यापक पक्राउ


441
Shares

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका एक जना उपप्राध्यापक पक्राउ परेका छन् । श्रीमतीमाथि कुटपिट गरेको आरोपमा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कार्यरत उपप्राध्यापक पृथ्वीराज भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भट्टविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेपछि पक्राउ गरिएको हो । प्रहरीका अनुसार भट्टमाथि शनिबार घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोप छ ।

जयन्तीका दाजुले दिएको किटानी जाहेरीका आधारमा भट्टलाई पक्राउ गरेर अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमान्‌को कुटपिटबाट घाइते भएकी जयन्तीको धनगढीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्