Logo
Logo

कीर्तिपुरका निर्वाचित मेयर डङ्गोललाई प्रमाणपत्र वितरण


1k
Shares

काठमाडौं । कीर्तिपुर नगरपालिकाका निर्वाचित मेयर कांग्रेस उम्मेदवार कृष्णमान डङ्गोललाई प्रमाणपत्र वितरण गरिएको छ । 

मङ्गलवार निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुरमा निर्वाचन आयोगका प्रतिनिधिहरूले नवनिर्वाचित मेयर डङ्गोललाई प्रमाणपत्र प्रदान गरिएको हो । आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डङ्गोल ५ हजार ३ सय ३४ मत ल्याई विजयी भएका थिए ।

यस्तै कीर्तिपुर नगरपालिका ४ को वडा अध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ र १ को वडाध्यक्षमा कांग्रेसकै इच्छा कुमार महर्जन निर्वाचित भएका छन् ।

प्रमाणपत्र ग्रहण गरेपछि नवनिर्वाचित कीर्तिपुर नगर प्रमुख डङ्गोलले नगरका सबैलाई विश्वासमा लिएर दुई वर्षभित्र पाँच वर्षमा गर्नुपर्ने काम गर्ने बताए । आफ्ना कार्यकालमा जनतालाई प्रत्यक्ष महसुस हुने काम गर्ने र जनताको मत खेर जान नदिने उनले बताए ।  

यसअघि २०७९ को निर्वाचनमा कांग्रेसबाटै निर्वाचित मेयर राजकुमार नकर्मीको मृगौला सम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि कीर्तिपुरमा उपचुनाव भएको हो । 

प्रतिक्रिया दिनुहोस्