Logo
Logo

खुमलटारमा माओवादीको पदाधिकारी बैठक बस्दै


315
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान साढे ८ बजे आफ्नै निवास खुमलटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको स्थगित २३औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल हुने छ ।

त्यस्तै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ र लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई उपाध्यक्ष बनाउने विषयमा पनि आजको बैठकमा छलफल हुने बुझिाएको छ ।

प्रतिक्रिया दिनुहोस्