
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिले पोखरा एभेन्जर्सले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्टसका कप्तान अनिल शाहले टस जितेर फिल्डिङ रोजेपछि पोखराले पहिले ब्याटिङ गर्ने भएको हो ।
जनकपुर र पोखराबीचको खेल आज बिहान ९ बजे सुरु हुनेछ । एनपीएलको आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको पोखरा दोस्रो खेलमा पहिलो जित निकाल्न चाहन्छ ।
जनकपुर भने लगातार तेस्रो जितको खोजीमा छ । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पनि कर्णाली याक्सलाई ८ विकेटले नै हराएको थियो ।














