
काठमाडौं । नेकपा माओवादी केन्द्रले अनेरास्ववियु क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ ।
आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले यही २३ र २४ गते हुने सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो ।
यसबारेमा निर्णय लिन मंसिर २७ गते स्थायी समिति बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार उमेरहद र निर्वाचन प्रक्रिया सम्बन्धमा स्थायी समितिले मोडिलाटी बनाएर तिथि मितिबारे निर्णय गर्नेछ ।
यसअघि असोज १०–१५ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको सम्मेलनमा उमेर हदको विवाद चर्किँदा स्थगित भएको थियो ।














