Logo
Logo

राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य, केहि दिन अस्पतालमै रहने


189
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अझै केही दिन अस्पतालमा नै रहने भएका छन् । हिजा बुधबार बिहान महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल अझै केहि दिन अस्पतालमै रहने भएका हुन् । उनको हिजै दिउँसो प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया पछि राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले जानकारी दिएका छन् । ‘राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्यलाभको लागि केही दिन अस्पतालमै रहनु हुने ब्यहोरा समेत जानकारी गराउँदछु,’ गुरुङले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्