Logo
Logo

शहरलाई व्यवस्थित बनाउने प्रयास भइरहेको छः मन्त्री सिंह


252
Shares

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शहर र समुदायको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरुको खोजी कार्य चूनौतिपूर्ण रहेको बताएका छन् ।

नेपाली वास्तुविद् समाजको आयोजनामा बिहीबारबाट काठमाडौंमा सुरु आर्कबिल्ड एक्सपो उद्घाटन गर्दै मन्त्री सिंहले जलवायु परिवर्तनजन्य एवं अन्य विपद्का घटनाहरुमा बढोत्तरी भै विकास प्रयासलाई ओझेलमा पार्ने गरी विनाशकारी प्रभावहरू बढेर गएको भन्दै शहर र समुदायहको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरुको खोजी कार्य चूनौतिपूर्ण रहेको बताएका हुन् ।

अहिलेको निर्माण पद्धतिहरूमा मौलिकताको पक्ष ओझेल पर्दै गएको अवस्थामा आधुनिक विकास निर्माणलाई नेपालीपन सहितको दिगो बनाउन सहि दिशानिर्देश गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

नेपालमा शहरीकरणलाई व्यवस्थापन गर्ने क्रममा शहरमा रोजगारी, सेवा पूर्वाधारको बृद्धि गर्न अहिले भएका प्रयासहरू प्रयाप्त नरहेको भन्दै उनले शहरलाई व्यवस्थित गर्ने प्रयास भइरहेको बताए । उनले नेपाली वास्तुविद्हरूको भूमिकालाई थप प्रभाबकारी बनाउन गरिनुपर्ने नीतिगत र संस्थागत सुधारका लागि शहरी विकास मन्त्रालय तत्पर रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्