काठमाडौं । दुई सातादेखि अवरुद्ध राहदानी सेवा पुनः सुरु भएको छ । बिहिबार राहदानी विभागले सूचना जारी गर्दै २२ वटा प्रशासन कार्यालय र नेपाली नियोगबाट राहदानी सेना सुरु भएको जानकारी गराएको छ ।

विभागले राहदानी छपाइ गरेर आ-आफ्नो जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा पठाउने काम पनि भइरहेको जनाएकाे छ ।














