Logo
Logo

हत्या गरेर भागेका कमला गोले १५ वर्षपछि पक्राउ


504
Shares

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन्।

विसं २०६७ साल असोज २० गते दोलखाको गैरीमुदी गाविस–३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेका कमला गोले तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ गरेको हो।

वीरबहादुरलाई खुकुरी प्रहार गरी हत्या गरेको मुद्दामा सर्वोच्च अदालतले २०७२ साल भदौ ११ गते गोलेमाथि १२ वर्ष कैद हुने ठहर गरेको थियो।

दोलखाको वैतेश्वर गाउँपालिका–१ बस्ने ४७ वर्षीया कमला कर्तव्यलगत्तै फरार भएकी प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्