
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलााई नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भेटेका छन् ।
बाबुरामले आज (शुक्रबार) बिहान जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीको हिरासत पुगेर लामिछानेसँग भेट गरेका हुन् ।भेटपछि पत्रकारहरूसँग कुरा गर्दे डा. भट्टराईले ‘रविमािथ राजनीतिक प्रतिशोध साँधिएको र सहकारी समस्यालाई विषयान्तर गरिन लागेको’ दाबी गरे ।
उनले सहकारीको रकम हिनामिना गर्नेहरु राज्य सत्ताका आसेपासे भएको र उनीहरुलाई उन्मुक्ति दिन सरकारले विपक्षीमाथि प्रतिशोध साँध्ने काम गरेको बताए । उनले भने, ‘आफ्नाहरुलाई बचाउन विपक्षीमाथि प्रतिशोध साँध्ने काम भएको छ । यहाँसम्मकी बचतकर्ताको रकम सुरक्षा गर्नेतर्फ नै राज्य उदासीन देखियो ।’
साथै उनले एकपछि अर्को अनेक काण्ड लगाएर दुःख दिइएकोमा आफूलाई अस्वाभाविक लागेको र आफु अन्यायविरुद्ध रविको साथमा रहेको पनि बताए । विभिन्न ढंगले एकपछि अर्को गरेर दुख दिने काम भइराखेको छ । यो अलि अस्वाभाविक र अन्याय पूर्ण भयो भनेर मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हु,’ उनले भने ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । उनीसँग केहि दिनअघि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी र त्यसपछि चितवनको सहारा सहकारीको ठगी प्रकरणमा बयान लिइएको थियो । चितवनमा बयान सकिएको बुधबार राति नै लामिछानेलाई कास्की पुर्याएपछि प्रहरीको चौतर्फी आलोभना भइरहेको छ ।














