काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ ।

स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै प्रवक्ता जगन्नाथ खतिवडाले महासचिव घनश्याम भुसालको नेतृत्वमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको बताए ।
उनका अनुसार केन्द्रीय कार्यालयमा महासचिवसहित उपमहासचिवहरू पनि हुनेछन् । एकीकृत समाजवादीमा उपमहासचिवहरू राजेन्द्रकुमार राई, गरिमा शाह, मेटमणि चौधरी, रामकुमार भट्टराई छन् । उनीहरू केन्द्रीय कार्यालयमा रहनेछन् ।