
काठमाडौं । भौतिक तथा यातायात मन्त्रालयले एक कर्मचारीलाई बर्खास्त गरेको छ । मन्त्रालयले सडक विभाग मातहत हेटौंडामा कार्यरत सब इन्जिनियर पवन भट्टराईलाई सेवाबाट हटाएको हो ।
विभागले बुधबार एक सूचना जारी गर्दै पुस १६ गतेको निर्णय अनुसार भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी भट्टराईलाई सेवाबाट हटाइएको जानकारी दिएको हो ।
नेपाल इन्जिनियरिङ सेवा सिभिल समूहको हाइवे उपसमूह राजपत्राङ्कित प्रथम श्रेणीका इन्जिनियर भट्टराई निजामती सेवा ऐन २०४९ को दफा ६१ (२) (क) को कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम बर्खास्त गरिएको सूचनामा उल्लेख छ ।















