काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला बेलायत प्रस्थान गरेका छन् । बेलायतको संसद भवन (वेस्ट मिन्स्टर) मा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनकाअनुसार यही पुस २९ गते वेस्ट मिन्स्टरमा कार्यक्रम हुनेछ । बेलायतमा रहँदा कोइरालाले नेपाली कांग्रेस र बेलायतको लेबर पार्टीका नेताहरूसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।
आफु बेलायतमा रहँदा लेबर पार्टीका मन्त्री, सांसद र विपक्षी दलका नेताहरूसँग भेटघाट र कुराकानी गर्ने कोइरालाले बताए ।