काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

सुकुटे पुगेर उनले पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएका छन् ।
उनले मंगलबार सातौँ महिला, आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ ।