Logo
Logo

एनसीएनपी र करुणा सिटी क्लिनिकबीच सहकार्य गर्ने सम्झौता


1.6k
Shares

काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएनपी) र करुणा सिटी क्लिनिक प्रा.लि. नयाँ बजारबीच क्यान्सरसम्बन्धी जनचेतना, रोकथाम र स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा करुणा सिटी क्लिनिकका प्रबन्ध निर्देशक सुरज शाक्य र एनसीएनपीका अध्यक्ष हरि गोपाल प्रधानले हस्ताक्षर गरेका छन् । यस अवसरमा करुणा सिटी क्लिनिकका तर्फबाट साक्षीका रूपमा प्रमुख अपरेशन अधिकृत रूपा महर्जनले हस्ताक्षर गरिन् भने एनसीएनपीका तर्फबाट कोषाध्यक्ष फुपु तेन्जिङ शेर्पाले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा करुणा सिटी क्लिनिकका अध्यक्ष तथा क्यान्सर (स्तन रोग) विशेषज्ञ डा. प्रफुल्ल शाक्य लगायत एनसीएनपीका उपाध्यक्ष सागर कटवाल, प्रमुख कार्यक्रम अधिकृत सुदिना श्रेष्ठ, तथा पाल्देन शेर्पाको उपस्थिति रहेको थियो ।

सम्mभौताअनुसार करुणा सिटी क्लिनिकले एनसीएनपीका कार्यकारी सदस्य, सञ्चालक समिति, र स्टाफलाई छुटसहित स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । यो सेवामा कार्डियोलोजी, रेडियोलोजी, फार्मेसी, तथा स्वास्थ्य परीक्षणका प्याकेजहरू समेटिनेछन् ।
एनसीएनपीले करुणा सिटी क्लिनिकद्वारा प्रदान गरिने सेवा र योजनाबारे आफ्नो सदस्यलाई जानकारी दिने र प्रवद्र्धन गर्ने जिम्मेवारी वहन गर्नेछ ।

सम्झौता पत्रमा हस्ताक्षरपछि करुणा सिटी क्लिनिकका तर्फबाट डा. प्रफुल्ल शाक्यले भने, ‘क्यान्सर जस्तो गम्भीर रोगको रोकथाम र उपचारका लागि संस्थाबीचको सहकार्य अत्यन्त महत्त्वपूर्ण छ । यस समझदारीले क्यान्सरबाट प्रभावित बिरामीहरूको उपचारमा गुणस्तर र पहुँच अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउनेछ । करुणा सिटी क्लिनिकले सदैव यस उद्देश्यका लागि प्रतिबद्धता जनाउँदै आएको छ ।’

यस्तै, करुणा सिटी क्लिनिकका प्रबन्ध निर्देशक सुरज शाक्यले क्यान्सर रोकथाम र उपचारमा यो सहकार्यले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । यस्तै, एनसीएनपीका अध्यक्ष हरि गोपाल प्रधानले क्यान्सर रोकथाम र जनचेतना अभिवृद्धिका लागि निजी र गैरनाफामूलक संस्थाहरूको सहकार्य अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्