
काठमाडौं । आज संघीय संसदका विपक्षी दलहरूले संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । उनीहरुले दिउँसो ३ बजे संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । त्यसअघि आजै दिउँसो २ बजे संसद भवनमा ६ विपक्षी दलहरूको बैठक बस्दैछ ।
विपक्षी दलको संयुक्त बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने, संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने लगायत सहमति जुटाएको छ । साथै पत्रकार सम्मेलनको तयारीका लागि माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषाल रहेको २ सदस्यीय कार्यदल बनाएको थियो ।