Logo
Logo

समाजवादी प्रेस सङ्गठनले अध्यक्ष विश्वमणि सुवेदीलाई गर्‍यो निष्कासन


7.4k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले अध्यक्ष विश्वमणि सुवेदीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

समाजवादी प्रेसका वरिष्ठ उपाध्यक्ष नवराज छतकुलीले सुवेदीले लामो समयसम्म सङ्गठनको बैठक नबसाएको, नेपाल पत्रकार महासङ्घको निर्वाचनमा विपक्षी उम्मेदवारलाई सघाएको, आर्थिक हिनामिना गरेको तथा सङ्गठनका विरुद्ध निरन्तर गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएका छन् ।

अध्यक्ष सुवेदी प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् । नेकपा एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले सुवेदीसहितको टीमलाई मूलधारमा स्वागत गरेका हुन् ।

सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्