काठमाडौं । साइबर अपराधको कसुरमा बिहीबार पक्राउ परेका डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

गत २९ मंसिरमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेकाे सुतिरहेको तस्वीर खिचेर सार्वजनिक गर्ने भुसाल शुक्रबार ५० हजार रुपैयाँ धरौटीमा छुटेका हुन् ।
न्यायाधीश शंकरबहादुर राईको इजलासले डा. भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । साइबर अपराधको कसुरमा शुक्रबार उनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस भएको थियो ।
भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गरेको थियो ।














