Logo
Logo

पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी : प्रचण्ड


756
Shares

मोरङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिताले मुलुकप्रति निष्ठा र माया बढाउने खालका सन्देश प्रवाह गर्न जरुरी रहेको बताएका छन् । आज एक कार्यक्रममा बोल्दै उनले हामी सबैले मुलुकलाई माया गर्दै इतिहासप्रति गर्व गर्न जरुरी रहेको धारणा राखे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भौगोलिक विविधता, प्राकृतिक स्रोत र साधनले धनी मुलुकमै बस्न र यहीँ काम गर्न युवाहरुलाई आग्रह समेत गरे । उनले भने, ‘सञ्चारकर्मी र कलाकारले देशका विभिन्न जातजातिबीच राष्ट्रिय एकतालाई प्रबद्र्धन गर्ने गरी काम गर्नुपर्छ ।’

उनले मुलुकमा सुशासन, विभेदको अन्त्य, न्याय र आर्थिक सङ्कट अन्त्यगरी समृद्धि ल्याउन सबै राजनीतिक दलहरुको जिम्मेवार हुनुपर्नेमा समेत जोड दिए ।

अध्यक्ष दाहालले वर्तमान अवस्थामा सामाजिक सञ्जालका कारण छापा सञ्चारमाध्यमका अगाडि ठूलो चुनौती रहेको समेत उल्लेख गर्दै दैनिक पत्रिका निन्तरता रुपमा प्रकाशन गरिरहेकामा न्यू सृष्टिका प्रधान सम्पादक शङ्कर खरेलको प्रशंसा गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चारगृहले विकास निर्माणका समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्