काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यलाई आईसीयूबाट वार्डमा सारिएको छ ।

चिकित्सकका अनुसार स्वास्थ्य सुधारोन्मुख भएपछि वैद्यलाई शनिबार वार्डमा सारिएको हो । उनी एक महिनाभन्दा बढी समयदेखि अस्पतालमा उपचाररत छन् ।
७८ वर्षीय वैद्यको छातीमा संक्रमण र दमको समस्या छ । सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूबाट उनलाई वार्डमा सारिएको हो । त्यसअघि उनलाई अस्पतालको एनेक्स टु क्याबिनमा राखिएको थियो ।
वैद्यलाई चिकित्सको सल्लाह अनुसार केही दिनमा डिस्चार्ज गर्ने तयारी छ ।