Logo
Logo

मुद्दा चलाउने प्रक्रियामा नेताहरूले प्रभावमा पार्न खोज्छन्: महान्यायाधिवक्ता


1.3k
Shares

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले मुद्दा चलाउने प्रक्रियामा राजनीतिक दलका नेताहरूले महान्यायाधिवक्ताको कार्यालयलाई प्रभावमा पार्न खोज्ने गरेको बताएका छन् । 

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै उनले  मुद्दा चलाउने निर्णय भएका विषयमा राजनीत दलका नेताहरूले प्रभाव पार्न खोज्ने गरेको भएपनि आफू कानूनको परिधिमा रहेर निर्णय लिन गरेको बताए ।

उनले महान्यायाधिवक्ताको कार्यालयमाथि प्रधानमन्त्रीको हस्तक्षेप नरहेको पनि स्पष्ट पारे । आफू नियुक्त भएदेखि मुद्दा चलाउनु÷नचलाउनु भनेर अहिलेसम्म प्रधानमन्त्रीले अनुरोध नगरेको उनको भनाई थियो । 

महान्यायाधिवक्ता बडालले भने, ‘आजका दिनसम्म कुनै मुद्दा चलाउनु या नचलाउनु नचलाउनु भनेर प्रधानमन्त्रीले मलाई कुनै अनुरोध गर्नु भएको छैन। म त या दावाका साथ भन्छु। म नियुक्ती भएदेखि आजका दिनसम्म कुनैपनि मुद्दा चलाइए वा चलाइएनन्। त्यसको जिम्मेवारी मेरो र मेरो कार्यालयको हो  यसमा कुनैपनि दावव छैन। हो राजनीतिक दलका अन्य नेताहरूले भन्नुहुन्छ। विभिन्न राजनीतिक दलका नेताहरू आएर हामीलाई भन्नुहुन्छ।’

उनले फौजदारी कार्यविधि संहिता संशोधन गरिरहेको उल्लेख गर्दै बिगो निर्धारणलाई वैज्ञानिक बनाउने स्पष्ट पारे । महान्यायाधिवक्ता बडालले बिगोसम्बन्धी कानूनमा केही पनि उल्लेख नगरिएको उल्लेख गर्दै कार्यदलले दिएको सुझावका आधारमा ऐन बनाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्