Logo
Logo

कुमारी बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभीएफमा १० हजारसम्म छुट


504
Shares

काठमाडौं । कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

बैंक र आईभीएफबीच बैंकका ग्राहकलाई वात्सलय नेचुरल आईभीएफको देशभरि रहेका शाखाबाट विशेष छुट प्रदान गर्ने विषयमा सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकलाई वात्सल्य आईभीएफ प्याकेजमा १० हजार रुपैयाँ छुट प्रदान गरिने छ । साथै उपचारका क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

काठमाडौंको नक्सालमा रहेको वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन् क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्