Logo
Logo

रश्मीको ‘फुलमा पनि….’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ असार । पछिल्लो समय चर्चामा रहेकी गायिका रश्मी राईले लकडाउनको समयलाई सदुपयोग गर्दै ‘फुलमा पनि’ बोलको गीत तथा भिडियो ल्याएकी छन् ।
भुवन क्रियशन युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा भूवन चाम्लिङ राईको शब्द, पुष्कर सुनुवारको संगीत संयोजन रहेको छ भने भिडियोमा गायिका राईलाई मोडलको रुपमा समेत देख्न सकिन्छ । केही समय पहिले ‘मान्छेको भिड भित्र’ बोल गीतको भिडियो सार्वजनिक गरेर चर्चामा आएकी खोटाङ चिसापानीकी रश्मी यो आफ्नो पछिल्लो सांगीतिक कोसेलीलाई श्रोता तथा दर्शकले मनपराई दिनेमा ढुक्क छिन् ।

प्रतिक्रिया दिनुहोस्