Logo
Logo

जनक शिक्षाले माग्यो विभिन्न पदमा २८ कर्मचारी


630
Shares

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रले आज एक सूचना जारी गर्दै रिक्त रहेका पदहरूमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि २८ जना कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले केन्द्रको वेबसाइटमार्फत फाराम डाउनलोड गरेर आवश्यक विवरण भरी केन्द्रको कार्यालयमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर भने फागुन ८ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्