Logo
Logo

सरकारविरुद्धको जनसंघर्षलाई शसक्त बनाउँछौं- राजेन्द्र लिङ्देन


441
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबिरुद्धको जनसंघर्षलाई शसक्त बनाउने बताएको छ ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकले बिभिन्न माग राख्दै पार्टीले गरिरहेको आन्दोलन र जनसंघर्षलाई ठोस स्वरुप दिएर शसक्त बनाउने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

बैठकमा सरकारको कार्यशैलीको समिक्षा, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र अन्य सहकार्य लगायतका विषयमा समेत छलफल हुने उनले बताए ।

कांग्रेस–एमालेजस्ता ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जागृत गर्न नसकेको, निराशा पैदा भएको र अर्थतन्त्र समेत शिथिल हुदै गएको लिङ्देनले बताए ।

उनले सरकारले प्रजातन्त्रलाई समेत कमजोर बनाउने गरि संसदलाई छलेर अध्यादेशमार्फत मुलुक सञ्चालन गर्ने परिस्थीतिमा समेत बैठकमा समिक्षा हुने अध्यक्ष लिङ्देनले उल्लेख गरे ।

त्यस्तै पार्टीको जिल्ला अधिवेशनको समिक्षा गर्दै तीव्रता दिन आवश्यक निर्देशन समेत बैठकले दिने राप्रपाले जनाएको छ । बैठक शनिबार सम्पन्न हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्