काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पर्साको वीरगञ्जस्थित पुजन होटलमा आज सुरु भएको बैठक भोलिसम्म चल्ने छ ।

पार्टीका उपमहासचिव प्रदीप यादवका अनुसार बैठकमा विभिन्न राजनीतिक, संगठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गरिने छ । बैठकले पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष ध्यान दिने उनले बताए ।
बैठकमा अध्यक्ष अशोक राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष रेणु कुमारी यादव, उपाध्यक्षहरु नवलकिशोर साह सुडी, शुशीला श्रेष्ठ, रन्ध्वज कन्दनवा लिम्बु महासचिव मोहम्मद इश्तियाक राई, सचिव विरेन्द्र महतो र कोषाध्यक्ष रञ्जु झासहित केन्द्रीय सदस्यहरु उपस्थित छन् ।