Logo
Logo

कांग्रेसले मन्त्रीहरूसँग छलफल गर्दै


3.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरूसँग छलफल गर्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलका कार्यालयमा केहीबेरपछि पार्टी पदाधिकारीले मन्त्रीहरूसँग छलफल गर्न लागेको हो ।

प्रमुख सचेतक श्याम घिमिरेका अनुसार पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूका कामलाई थप प्रभावकारी बनाउन तथा आसन्न संसद् अधिवेशनमा भूमिकासमेतलाई ध्यानमा राखेर छलफल आयोजना गरिएको हो ।

छलफलमा प्रमुख सचेतक घिमिरे तथा सचेतक सुशीला थिङ पनि सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्