Logo
Logo

कांग्रेस शीर्ष नेताहरूको बैठक सुरु


1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ ।

जारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, राष्ट्रियसभा अध्यक्ष कृष्ण सिटौलासहित कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरु सहभागी छन् ।

कांग्रेसले संसद अधिवेशनबारे छलफल गर्न भोलि संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक बस्नुअघि देउवाले पार्टीका पदाधिकारी र मन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामको समीक्षा, संसदमा पार्टीका सांसदहरुको प्रभावकारी उपस्थिति, समितिमा रहेका विधेयकलगायतको विषयमा छलफल हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्