काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको मतदान सकिएको छ । निर्वाचन समितिका प्रमुख मुक्ति प्रधानका अनुसार अहिले सबै प्रदेशको मुचुल्का उठाउने काम भइरहेको छ ।

प्रधानका अनुसार मत गणना आजै सुरु भए पनि अन्तिम मत परिणाम आइतबार बिहानसम्ममा सार्वजनिक हुनेछ । अहिले कुन प्रदेशमा कति मत खस्यो भन्नेबारे संकलन भइरहेको प्रधानले जानकारी दिए । पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय, सदस्य, केन्द्रीय निकायका छुट्टा छुट्टै मतपत्र रहेकाले सबै मत सङ्कलन भएपछि मत परिणाम सार्वजनिक तयारी रहेको प्रधानले बताए ।
दुई हजार तीन सय ९८ प्रतिनिधि रहेकोमा एक हजार नौ सय २२ मत खसेको प्रधानले बताए ।