Logo
Logo

कम्युनिस्ट पार्टीप्रति मात्रै होइन, सिङ्गो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था छ : माधव नेपाल


3.9k
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले कम्युनिस्ट पार्टीप्रति मात्रै नभई सिङ्गो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था बनेको बताएका छन् ।

शनिवार काठमाडौँमा एकदेव आलेको ५६ औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिस्ट पार्टी एकताबद्ध भएर अगाडि बढेको भए र कम्युनिस्ट पार्टीले पाएको अवसरको राम्रो सदुपयोग गर्न सकेको देशमा अचम्मको परिवर्तन गर्न सक्ने अवस्था रहेको बताए ।

त्यस्तै, उनले देश सङ्कटमा परेको बेलामा कम्युनिस्ट पार्टीको आवश्यक हुने बताए । उनले नेपालमा वामपन्थी र कम्युनिस्ट आन्दोलनको राम्रो सम्भावना रहेको बताए । अध्यक्ष नेपालले अझै कम्युनिस्ट पार्टीको जनतामा राम्रो प्रभाव रहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘अहिलेको राजनीतिमा थुप्रै विसङ्गतिहरू छन् । ती विसङ्गतिहरूसँग जुध्ने काम गर्‍यौँ भने बल्ल उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन सक्दछ । अवश्य पनि नेपालमा वामपन्थी र कम्युनिस्ट आन्दोलनको राम्रो सम्भावना छ । कम्युनिस्ट पार्टीको जनतामा राम्रो प्रभाव छ । तर त्यो प्रभाव कता कता कम्युनिस्ट पार्टीप्रति मात्रै होइन, सिङ्गो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था पनि बनेको छ ।’

प्रतिक्रिया दिनुहोस्